११ श्रावण २०८३, सोमबार | July 27, 2026

पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण गर्दै कामपा



काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वका मूर्त र अमूर्त सम्पदाको चित्रणीकरण काम थालेको छ ।

स्वर्णीम योजनाअन्तर्गत कामपाले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक पर्खालमा पुरातात्विक महत्त्वबारे जानकारी दिने र सहरको सुन्दरता थप बढाउने मुख्य उद्देश्यका साथ चित्रणीकरण थालेको जानकारी दिएको छ ।

असारदेखि असोजसम्म नियमित पानी परेका कारणबीचमा उक्त कार्य रोकिएको थियो । अहिले पानी पर्न रोकिएसँगै उक्त कार्य पुनः सुरु गरेको कामपाको भनाइ छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक पर्खालका भित्ताहरूमा कलात्मक चित्र लेखन कार्यलाई पुनः सुचारु गरेको कामपा प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिए ।

प्रमुख काफ्लेका अनुसार यसको लागि कामपाले प्रतिष्ठानसँग २०८० फागुन १७ गते सम्झौता गरी काम थालेको थियो । जसअन्तर्गत पहिलो चरणमा सुन्धारा, नयाँबानेश्वर, प्रदर्शनी मार्गका सार्वजनिक भित्ताहरूमा लिच्छवीकालीन, मल्लकालीन चित्रात्मक सभ्यतालई आम सर्वसाधारणले बुज्ने देख्ने गरी भित्ते चित्र बनाउन थालेको हो ।

अहिले कोटेश्वर सरस्वती पार्कमा विभिन्न फुटबल र फुटबलसँग सम्बन्धित व्यक्तिको चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्ता, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्ता, बानेश्वर मीनभवन, लैनचौर समाज कल्याण परिषद्को भित्तामा चित्र कोरिने छन् ।

काफ्लेले भने, “भित्तामा कोरिएको विभिन्न चित्रहरूले काठमाडौँलाई चिनाउँछन् । काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्छन् । इतिहास, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्त्वस कला, भाषा, साहित्य, शृङ्गार, रहनसहन, वेशभूषा, खानपान विम्बित गर्छ, जसले एउटा इतिहास व्यक्त गर्छ ।”

यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने कामपाले विश्वास लिएको छ । प्रमुख काफ्लेले भने, “अब कामपाको सार्वजनिक स्थानका भित्ताहरु विभिन्न चित्र, कुनै रङ छर्केर, पोस्टर वा कागज हासेर होइन ऐतिहासिक सम्पदाले रङ्गिने छन् ।”

कामपाले सार्वजनिक स्थानमा अहिले बनाइएका चित्र छोप्ने गरी अन्य चित्र बनाउन, पोस्टर वा पम्प्लेट बनाउनेजस्ता कार्य नगर्न आग्रह गरी जीवन्त संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न सबैलाई आग्रह गरेको छ । उक्त कार्य निरन्तर सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार  ८ : ५० बजे

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत

अमेरिका-इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हङकङ । संयुक्त राज्य अमेरिका-इरान सैन्य तनावमा विरामसँगै युद्धविराम र

नागरिक एपबाट ग्लोबल आइएमई बैंकमा खाता खोल्ने सकिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक

बागमती प्रदेश सरकार गठनका लागि दलहरूको छलफल

हेटौंडा । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरु छलफलमा जुटेका

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार