५ श्रावण २०८३, मंगलबार | July 21, 2026

होस्टेल व्यवस्थित गर्न अभिलेखीकरण गर्दै काठमाडौँ महानगर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको छात्रावास (होस्टेल)को अभिलेखीकरण सुरु गरेको छ । महानगर शिक्षा विभागका अनुसार अभिलेखीकरणपश्चात् छात्रावास थप व्यवस्थित, मर्यादित सुरक्षित र पारदर्शी बनाइने छ ।

विभागका प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार छात्रावास सञ्चालनसम्बन्धी मापदण्ड २०८० जारी भएबमोजिम सोही मापदण्डको दफा (३) मा व्यवस्था भएअनुसार छात्रावास सञ्चालनका लागि महानगरसँग स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार अनुगमन समितिबाट अनुगमनका क्रममा नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अध्ययन समेत गर्ने प्रमुख शर्माको भनाइ छ । अभिलेखीकरण गर्न तत्कालीन जिल्ला शिक्षा कार्यलयबाट अनुमति लिई वा वडामा व्यवसाय दर्ता गरी सञ्चालन भएका छात्रावासहरुले विवरण पेस गर्नुपर्ने छ ।

प्रचलिन कानुनबमोजित अनुमति नलिई सञ्चालन भएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।

नियमअनुसार छात्रावास सञ्चालनका लागि प्रचलित कानुनअनुसार दर्ता भई नेपालीपन झल्कने गरी नाम राख्नुपर्नेछ । सञ्चालनको जिम्मेवारी लिएको व्यक्तिबारे उल्लेख हुनुपर्ने, भौतिक संरचना भाडामा हो की आफ्नो स्पष्ट उल्लेख गर्नुपर्ने, भान्साको व्यवस्था कस्तो छ उल्लेख हुनुपर्ने खेलकुद मैदानको व्यवस्थाबारे खुलाउनुपर्ने, खानेपानीको अवस्था, स्थान घर वा शौचालयबारे बताउनुपर्ने उल्लेख छ ।

शैक्षिक मेलालाई निरन्तरता

कामपाले बिदाको समय उपयोग गरेर शैक्षिक नतिजा सुधारका लागि सहयोगका लागि आवश्यक हुने कार्य सञ्चालन गर्ने जनाएको छ । भर्खरै सकिएको नेपालीहरुको महान् चाड दसैँ, तिहारको बिदाको समयमा पनि कामपाले विभिन्न शैक्षिक गतिविधि गरेको थियो ।

यस्तै कार्यलाई निरन्तता दिने कामपाको भनाइ छ । प्रयोगात्मक तथा रचनात्मक सिकाइ, खेल र मनोरञ्जनका माध्यमबाट विद्यार्थीलाई शैक्षिक अभिरुचिमा प्रोत्साहन गर्नु मेलाको उद्देश्य रहेको कामपा शिक्षा विभागको भनाइ छ ।

दसैँ तिहारको बिदामा पनि कामपाले ११ वटा स्रोत केन्द्र र एसइई परीक्षामा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी हुने भएका पाँच ठूला सामुदायिक विद्यालयमा मेला सञ्चालन गरेको थियो । ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत विद्यार्थीको नतिजा सुधार गर्न कामपाले यस्तो किसिमको कार्य गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : १४ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान