१८ चैत्र २०८२, बुधबार | April 2, 2026

रास्वपाद्वारा दोस्रो चरणको आन्दोलनको घोषणा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारवाही रास्वपाको बढ्दो प्रभाव र जनसमर्थन दबाउन सत्तारुढ राजनीतिक दलहरूले गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ ।

शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारवाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै भर्त्सना गरेको छ ।

त्यस्तो षड्यन्त्रविरुद्ध आम नागरिक र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको गरेको छ ।

बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गरी जानकारी गराएका छन् ।

‘सभापति रवि लामिछानेविरूद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै रास्वपा यस कार्यको घोर भ्रर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ।’ झाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ७ : ५९ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”