८ माघ २०८१, मंगलबार | January 21, 2025

कालीगण्डकी करिडोर : म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै



म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्र्तगत अन्नपूर्ण गाउँपालिका-३ को दाना खण्डमा कालोपत्र गर्न थालिएको छ ।

एघार मिटर फराकिलो सडकमा टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, घुम्ती, लेभल मिलाउने, सबबेस, बेस राखिएसँगै कालोपत्र गर्न थालिएको हो । नागढुङ्गा-कैकुखोला खण्डको १६ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न रु ६३ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए ।

मुस्ताङको कैकुखोलादेखि घाँसा क्षेत्रमा गत वर्ष दुई किलोमिटर कालोपत्र भएको थियो । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे, घोप्टे र बादरजुङ भिरको पहाडमा एक किलोमिटर छ सय मिटर सडकलाई फराकिलो बनाएर ढलान गरिएको छ । हालसम्म आयोजनामा ९० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए ।

पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकालाई जोड्ने दुई सय दुई किलोमिटर लामो दुई लेनको सडक रु १० अर्बको लागतमा २०७३ सालदेखि कालोपत्र सुुरु भएको हो । हालसम्म यो आयोजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

एक सय पाँच किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेकामा हालसम्म ९६ किलोमिटर कालोपत्र, पाँच किलोमिटर ढलान र ८५ किलोमिटर ग्राभेल भएको आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईँले बताए ।

चौबीसवटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १० वटा निर्माण सकिएको, पाँचवटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडिको र पाँचवटा पुल ठेक्का प्रक्रिया प्रारम्भ गर्न बाँकी रहेको जानकारी उनले दिए ।

निर्धारित समयमा काम सम्पन्न नभएपछि आयोजना अवधि आव २०८२/८३ सम्म लम्ब्याइएको छ । सडक र पुल निर्माणका लागि रु सात अर्बको ठेक्का सम्झौता भएकामा गत असारसम्म रु छ अर्ब खर्च भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ७ : ५८ बजे

तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल

वासिंगटन डिसी । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल

हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१/८२ को छ

दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’

सर्लाही । लालबन्दी नगरपालिका-१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई