२० मंसिर २०८२, शनिबार | December 7, 2025

कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई लाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

अधिकारीलाई आइतबार बिहान प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । काठमाडौँ प्रहरी परिसरको अनुरोधमा मोरङ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारीले जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

मन्त्रपरिषद्बाट स्वीकृत नगराई जापान गएका अधिकारी र उनीसँगै अन्य ३ जना व्यक्तिहरुलाई जापानको अध्यागमनले विमानस्थलबाटै फिर्ता गरेपछि यो घटना सार्वजनिक भएको थियो । अधिकारी मानव तस्करको योजनाअनुसार जापान गएको आरोप लागेको छ ।

यद्यपी उनले आफुलाई फसाइएको दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  ५ : ३८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल