२३ भदौ २०८३, मंगलबार | September 8, 2026

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ



काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

अधिकारीलाई विराटनगरस्थित उनकै निवासबाटै प्रहरीले आज बिहान पक्राउ गरेको हो । काठमाडौँ प्रहरी परिसरको अनुरोधमा पक्राउ परेका उनलाई आजै आजै काठमाडौं ल्याउने तयारी छ।

निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारीले जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

मन्त्रपरिषद्बाट स्वीकृत नगराई जापान गएका अधिकारी र उनीसँगै अन्य ३ जना व्यक्तिहरुलाई जापानको अध्यागमनले विमानस्थलबाटै फिर्ता गरेपछि यो घटना सार्वजनिक भएको थियो । अधिकारी मानव तस्करको योजनाअनुसार जापान गएको आरोप लागेको छ ।

यद्यपी उनले आफुलाई फसाइएको दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ४१ बजे

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी

नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका