२३ जेष्ठ २०८३, शनिबार | June 6, 2026

‘नेपालका प्रत्येक विश्वविद्यालयमा विज्ञान कूटनीतिसम्बन्धी पाठ्यक्रम आवश्यक’



ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित विज्ञान कूटनीतिसम्बन्धी कार्यक्रममा धारणा राख्ने वक्ताहरुले नेपालका प्रत्येक विश्वविद्यालयमा विज्ञान कूटनीतिसम्बन्धी पाठ्यक्रम आवश्यक छ भन्नेमा जोड दिएका छन् ।

शान्ति र विकासका लागि विश्व विज्ञान दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा धारणा राख्दै पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले विश्वमा युवा वैज्ञानिकको धेरै ठूलो भविष्य रहेको उल्लेख गर्दै विज्ञान र प्रविधिका क्षेत्रमा युवा पुस्तालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

“वर्तमान समयमा विज्ञान र प्रविधि विश्वव्यापीकरण भएको छ, संसारभर नेपाली वैज्ञानिकलाई अवसर छ, नेपाली वैज्ञानिक लेख्नमा प्रखर छन् । तर बोल्न र सूचना प्रवाहमा कमजोर छन्, यसतर्फ ध्यान दिनुपर्नेछ”, पूर्वमन्त्री साहले भने । उनले अबदेखि नास्टले आफ्नो पुस्तकालय र प्रविधि सेन्टरसँग अध्ययन–अनुसन्धानका लागि सर्वसाधारणलाई पनि जोड्नुपर्ने बताए ।

“हामीकहाँ विज्ञान वैज्ञानिकका लागि मात्रै भयो, अब विज्ञान समुदाय र समाजका लागि हुनुपर्छ,” उनले भने । पूर्वमन्त्री साहले यस वर्षको विज्ञान दिवसको नाराले युवाहरूलाई सहभागी गराउने र भविष्यलाई जोड्दै जीवन कलासँग जोड्ने अभिप्राय राखेको बताए ।

चीनका लागि नेपाली पूर्वराजदूत प्राध्यापक डा महेशकुमार मास्केले विज्ञान कूटनीतिमार्फत उपलव्धि हासिलका लागि सूचना प्रविधिको युगलाई अत्यधिक प्रयोग गर्नुपर्छ भन्नेमा जोड दिए । “यस वर्षको नारा हाम्रा राजनीतिज्ञहरुले पनि बुझ्न जरुरी छ, युवा वैज्ञानिकहरुलाई अध्ययन–अनुसन्धानमा प्रोत्साहित गर्नेतिर नास्टले ध्यान दिनुपर्छ, विश्वमा भएका घटनालाई हेर्दै आर्थिक सहकार्यका माध्यमबाट कसरी समृद्धि हासिल गर्न सकिन्छ भनेर पनि हेर्नु जरुरी छ”, उनले भने ।

पूर्वराजदूत मास्केले भारत र चीनसँग प्रविधिको उच्चतम प्रयोग र नवप्रवर्तनका सम्बन्धमा सहकार्य आवश्यक रहेकामा जोड दिए । “विज्ञान र प्रविधिको क्षेत्रमा छिमेकी देशमा के भइरहेको छ भन्ने पनि हामीले अद्यावधिक गर्नुपर्नेछ, विज्ञान कुट्नीति सफल बनाउनका लागि नास्टको त्रिवर्षीय कार्ययोजना बनाउनूस्, परराष्ट्र मन्त्रालयलाई पनि झक्झक्याउनूस्”, उनले भने ।

नास्टले अन्तर्राष्ट्रिय समन्वयलाई जोड दिँदै परियोजना ल्याउन, आर्थिक स्रोत वृद्धि गर्न, नवप्रवर्तनका क्षेत्रमा नयाँनयाँ अध्ययन–अनुसन्धान र खोजमा ध्यान दिनुपर्ने पूर्वराजदूत मास्केको भनाइ थियो ।

इन्स्टिच्यूट अफ कोअपरेसन डेभलपमेन्टका प्रमुख डा हरिप्रकाश चन्दले अमेरिकाले विज्ञान कूटनीतिलाई अझै बलियो बनाउने नीति लिएको छ भन्दै हामीले यसलाई बुझेर आफ्नो आवश्यकताअनुसार कूटनीतिको आधार तय गर्नुपर्ने बताए ।
“कूटनीतिक ‘मिसन’ भएका देशहरुमा छुट्टै विज्ञान तथा प्रविधिसम्बन्धी विभाग हुनुपर्छ, सबै कूटनीतिको महत्वपूर्ण कूटनीति विज्ञान कुटनीति हो,” उनले भने ।

वैज्ञानिक डा हेमु काफ्ले वैज्ञानिकहरुले गरेको अध्ययन–अनुसन्धानलाई समाजका समस्या समाधान गर्न नीतिमा समावेश गरेर जाँदा विज्ञान कूटनीतिमा उपलब्धि हासिल गर्न सकिनेमा जोड दिए । “विज्ञान क्षेत्रमा काम गर्न लागेको दुई दशक भयो, धेरै कुराहरु पत्ता लागेका छन्, अनुसन्धानबाट आएका कुरालाई नीतिनिर्माताले प्राथमिकता दिएर नीतिमा समावेश गराउन नसक्दा हाम्रो कामलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन सकिएको छैन”, उनले भने ।

हरेक वर्षको नोभेम्बर १० तारिखमा विश्वभरि, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस मनाइने गरिन्छ । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)ले तय गरेको शान्ति तथा विकासका लागि विश्व विज्ञान दिवस, २०२४ ‘विज्ञान किन महत्वपूर्ण छ–दिमागलाई संलग्न गर्न र भविष्यलाई सशक्त बनाउन’ नाराका साथ यस वर्षको विज्ञान दिवस मनाइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : २८ बजे

८०० किलोमिटर लक्ष्य, चार सय ९२ किलोमिटर मात्र दुई लेन सडक कालोपत्र

काठमाडौँ । चालु आर्थिक वर्षको हालसम्म देशभर कूल चार सय

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

पोखरा । पोखरा–६ बैदामस्थित फेवातालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस

स्थानीय तहको निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको प्रतिनिधित्व बढाउन बहस सुरु

बुटवल । संविधानले हरेक तहमा ३३ प्रतिशत सहभागिता अनिवार्य गरेपछि

आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को