१ चैत्र २०८२, आइतबार | March 15, 2026

लुम्बिनी प्राविधिक विश्वविद्यालय र सिचुआन विश्वविद्यालयविच पारस्परिक सम्बन्ध विस्तार गरिँदै



दाङ । लुम्बिनी प्राविधक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयपछी पारस्परिक सम्वन्ध तथा सहयोग आदान प्रदान गर्ने बारे प्रक्रिया अघि बढेको छ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भइरहेको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन त्यहाँ रहेका मुख्यमन्त्री आचार्यसंग मंगलबार विश्व वौद्ध संस्कृती आदान प्रदान यूनियनका उपाध्यक्ष चेन होङ्ग क्वानी र सिचुआन विश्व विद्यालयका नेपाल अध्ययन विभागका निर्देशक ह्वाङ चोङले सिस्टाचार भेट गरेका छन् ।

भेटका क्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालय र सिचुआन विश्व विद्यालयबीच पारस्परिक सम्वन्ध तथा सहयोग आदानप्रदान बारे छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए । ‘प्रदेशको विकास संग दक्ष प्राविधिक जनशक्ति उत्पादन देखी समग्र विकासमा कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित थियो’, भुसालले भने, ‘आगामी दिनहरुमा सहयोग र समन्वयको निरन्तरता बारेमा पनि कुराहरु भएका छन् ।’

भेटको क्रममा प्रदेशको समग्र विकास, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकास, लुम्बिनीमा हुन गइरहेको चौथो एसिशयाली बौद्ध सम्मेलन र त्यही समयमा लुम्बिनी लगानी सम्मेलनको बारेमा समेत कुराकानी भएको थियो । भेटपछी मुख्यमन्त्री आचार्यले प्रदेशको तर्फबाट मायाँको चिनो स्वरुप ढाका टोपी र पानस प्रदान गरेका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : २७ बजे

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ । पाथीभरा ९मुक्कुमलुङ०मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी

रुद्रवेणी-वामीटक्सार सडक चैतभर बन्द हुने

गुल्मी । गुल्मीको रुद्रवेणी–वामीटक्सार सडक चैतभरका लागि बन्द गरिने भएको