३० असार २०८३, मंगलबार | July 14, 2026

भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेपछि मुख्यमन्त्री आचार्यले शुक्रबार बेलुका एक सन्देश जारी गर्दै जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका हुन् ।

मुख्यमन्त्री आचार्यका अनुसार पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम छ भने तराई क्षेत्रमा डुबान र कटानको समस्या देखिन सक्नेछ । उनले यस्ता चुनौतीको सामना गर्न सुरक्षा निकाय पूर्ण तयारीमा रहेको जानकारी दिँदै सामुदायिक सहकार्य र जनस्तरको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गरे ।

‘विपद् प्रतिकार्यमा सबैले आफ्नो भूमिका निर्वाह गर्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने, रात्री समयमा सवारी साधन सञ्चान नगर्ने र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने कार्यले ठूलो क्षति रोक्न मद्दत पु¥याउँछ,’सन्देशमा उल्लेख छ ।

उनले साझा प्रयास र संयमित व्यवहारमार्फत मात्रै प्राकृतिक विपद्को सामना गर्न सकिने भन्दै सबैलाई सतर्कता र धैर्य अपनाउन अपिल पनि गरेका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ११ बजे

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौँ । आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले