१८ चैत्र २०८२, बुधबार | April 2, 2026

कुलमान घिसिङको चेतावनी : १५ दिनभित्र विद्युतको बक्यौता नतिरे फेरि लाइन काट्छौं



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै घिसिङले बक्यौता उठाउने कुराबाट आफू पछि नहट्ने प्रष्ट पारेका हुन् । उनले आफु उच्च मनोबलसहित अघि बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रबन्ध निर्देशक घिसिङले संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन प्रयास गरेको भन्दै आफुलाई आरोपित गर्नु अनुचित भएको जिकिर गरे । बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने उनले स्पष्ट गरे ।

‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ ।’ उनले भने, ‘अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

बक्यौता तिर्नेतिर भन्दा पनि उद्योगहरूले विषयलाई राजनीतिकरण गर्ने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘देश र संथाको हित र राजस्व उठाउनेबाहेक मेरो अन्य राजनीतिक स्वार्थ छैन। संथामा रहेर राजनीति गर्नु र नाजायज फाइदा लिने कुनै उद्देश्य छैन। संस्थाको राजस्व उठाउन खोज्दा नाजायज रकम उठाउन खोज्यो भन्नु गलत हो ।’

 

 

 

 

 

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  २ : ५८ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”