१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

नेप्से परिसूचक उकालो लाग्दा १० अर्ब ३२ करोडको कारोबार



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले उकालो लागेर दुई हजार सात सय ४८ दशमलव ७८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३३ अङ्कले उकालो लागेर चार सय ८६ दशमलव शुन्य तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो ।

कूल दुई करोड १६ लाख ६० हजार छ सय ३९ कित्ता शेयर रु १० अर्ब ३२ करोड तीन लाख ३१ हजार चार सय ३६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । न्यादी ग्रुप पावर नौ दशमलव ७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले नौ दशमलव ५६ प्रतिशतले कमाएका छन् ।

यस्तै, रावा इनर्जी नौ दशमलव १२, कुर्थली कुखरी स्मल हाइड्रोपावर सात दशमलव ३२, पिपल्स हाइड्रोपावर छ दशमलव ०८, सुपर माई हाइड्रोपावर चार दशमलव ९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले चार दशमलव ३६ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ४ : ३६ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति