२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

भोलिबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात हुँदै



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्ने भएको छ । विद्युत् व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुग्न लागेको यो पहिलो पटक हो ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले क्षेत्रीय विद्युत् व्यापारमा ऐतिहासिक कोशेढुङ्गा कायम हुन लागेको राससलाई प्रतिक्रिया दिए। भारतको केन्द्रीय विद्युत् नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि शुक्रबार प्राधिकरणले मध्यान्न विद्युत् निर्यात गर्नेछ ।

विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत् बङ्गलादेश निर्यात गरिनेछ । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ । सो बिजुली भारतीय नोडल एजेन्सी एनभिभीएनले आफ्नो प्रसारण प्रणालीमार्फत बङ्गलादेश पु¥याउनेछ ।

सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ । प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गरिने जनाएको छ ।

प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाउनेछ । यसैबीच, बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।

सरकारले सन् २०३५ सम्म तय गरेको कार्ययोजनामा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ । त्यसमा १३ हजार मेगावाट आन्तरिक खपतमा प्रयोग गर्ने र १५ हजार मेगावाट भारत र बङ्गलादेश निर्यात गर्ने रणनीतिक लक्ष्य निर्धारण गरिएको छ ।

“नेपालको बिजुली बङ्गलादेश निर्यात हुनु आफैँमा महत्वपूर्ण र ऐतिहासिक परिघटना हो”, प्राधिकरणका प्रवक्ता घोषले भन्नुभयो, “लामो समयदेखिको मेहनतको परिणाम हासिल भएको छ ।”

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ८ : ३५ बजे

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज