३ चैत्र २०८२, मंगलबार | March 17, 2026

एकैपरिवारका तीन जना मृत फेला



काठमाडौं । काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीन जना मृत भेटिएका छन् । गोकर्णेश्वर नगरपालिका–३ कुमारी गाम्छा बस्ने कान्छा नगरकोटीकी श्रीमती, छोरी र छोरा घरको कोठाभित्र मृत भेटिएका हुन् ।

कान्छा नगरकोटीकी श्रीमती सीता दङ्गाल, १५ वर्षीया छोरी अंशु मोक्तान र दुईमहिने छोरा आफ्नै कोठाभित्र मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँ प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

कान्छा नगरकोटीले यही कात्तिक १६ गतेदेखि हराइरहेको भन्दै आज दिउँसो प्रहरीवृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए । सोही आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले अपराह्न घरको कोठाभित्रै उनीहरु मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले उल्लेख गरे । प्रहरीवृत्त बौद्ध र प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जनकारी दिए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ९ : ५० बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित