३ श्रावण २०८३, आइतबार | July 19, 2026

टिआरसी बिधेयकमा द्वन्द्व पीडितको चाहना : पहिला कारबाही त्यसपछि मात्र परिपुरण



नेपालगन्ज । बाँके बुच्चापुरका डम्बर शाहीका दुई छोरालाई तीन महिनाको फरकमा सुरक्षाकर्मीले हत्या गरे । २०६० असोज १४ गते दशैंको सप्तमीको दिन कान्छो छोरा हरि भन्ने दीर्घराज शाहीलाई गाउँमै सुरक्षाकर्मीले लखेटी–लखेटी हत्या गरे । त्यही साल पुसमा जेठो छोरा शेरजंग शाहीलाई घर नजिकै खोलामा नुहाउन गएको बेलामा हत्या गरियो ।

दाङमा जेटीए पढ्दै गरेका शेरजंग तत्कालिन विद्रोही माओवादी पार्टीमा लागेका थिए । कान्छो दीर्घराज गाउँकै स्कूलमा १० कक्षामा पढ्दै थिए । निशस्त्र अवस्थामा दुवैलाई मारियो । दुई छोरा थिए, दुवै मारिए । एउटै छोरी विवाह गरेर गइन् । शाही दम्पति सन्तान जन्माएर पनि एक्लो भएका छन् । बुढेसकालको साहरा छैनन् ।

कोहलपुरका अशोक रोकाय र पवित्रा रोकायको अवस्था पनि शाहीकोजस्तै छ । ढकेरीगाउँको गणेश माविमा कक्षा ९ मा पढ्दै गरेका कान्छो छोरा महेन्द्र रोकायलाई २०५८ फाल्गुन ११ गते सुरक्षाकर्मीले हत्या गरे । जेठो छोरा मनोज रोकायलाई २०५९ बैशाख २४ गते सल्यानबाट फर्किदैगर्दा अगैया आसपासबाट पक्राउ गरियो । ५ दिन सशस्त्र प्रहरीको शमशेरगन्जस्थित क्याम्पमा राखेर नेपाली सेनाको चिसापानी ब्यारेकलाई जिम्मा लगाइयो । त्यसपछि उनको अवस्था अज्ञात छ । अशोक रोकाय माओवादीका नेता हुन् । वि।सं। २०६४ मा उनी समानुपातिक सांसद भएका थिए । एउटा छोराको हत्या र अर्कोलाई बेपत्ता बनाउदा उनी बर्दिया जिल्लाको इन्चार्ज थिए । बुवा माओवादीको इन्चार्ज भएको रिस ९ कक्षा पढ्दै गरेको १५ वर्षको छोरामा पोखिएको थियो । जेठो छोरा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दै विद्यार्थी संगठनमा आवद्ध थिए । अहिले साहरा दिने दुवै छोरा छैनन् । रोगी रोकाय दम्पति एक्लोजस्तै छन् । एउटा छोरी छन्, उनी विवाह भएर गएकी छन् ।

कम्दीका जोगीलाल यादव र उनका छोरा माधवप्रसाद यादवलाई माओवादीले अपहरण गरेर हत्या गरे । वि।सं। २०५९ पुस २३ गते राती ८ बजेतिर घरमा बसिरहेका जोगीलाललाई माओवादीले अपहरण गरेर लगी राप्ती नदीमा हत्या गरेर फालिदिए । २६ गते जोगीलालको शव भेटिएको थियो । २०६० साउन १७ गते जोगीलालको छोरा माधवको पनि अपहरण गरेर भोलीपल्ट हत्या गरियो । बुवाको हत्या गरेकै ठाउँमा छोरालाई मारियो । जोगीलालका अर्का छोरा रामकुमार यादवलाई चरम यातना दिइयो । जोगीलाल र उनका छोरालाई गाउँकै माओवादी नेताले व्यक्तिगत रिसिइबी साँधेर हत्या गरेका थिए ।

गनापुरका सेवकराम लोनियालाई माओवादीले अपहरण गरे । घरमा बसिरहेको बेलामा राती ९ बजेतिर आएका माओवादीले लोनियालाई अपहरण गरेर लगेका थिए । श्रीमती नागेश्वरी लोनियाले २०/२५ जनाको समूहमा आएका माओवादीले अपहरण गरेर लगेको र पछि मारेको भन्ने जानकारी पाएको बताइन् । सेवकरामको लाश भने भेटिएको छैन । सेवकराम राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्जको बेपत्ताको सूचीमा छन् ।

बाँकेका यी प्रतिनिधिमूलक घटना हुन् । यस्ता घटना जिल्लामा धेरै भएका छन् । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ९टीआरसी० विधेयक पारित गरेर द्वन्द्वकालिन घटनालाई टुंग्याउँदै छ । विधेयकमा सजायमा ७५ प्रतिशतसम्म छुट दिइने, पीडितको सहमतिमा क्षमादान दिन सकिने, परिपुरणलाई अधिकारको रुपमा परिभाषित गरेको छ । राज्य र माओवादी दुवै पक्षका पीडितले आफ्ना मान्छे मार्नेलाई कडा सजाय हुनु पर्ने बताएका छन् । उनीहरु पहिला सजाय भएपछि बल्ल परिपुरणको कुरा गर्ने बताउँछन् ।

रोकाय दम्पतिले एक छोराको हत्या र अर्कोलाई बेपत्ता बनाउनेमा नेपाली सेनाका तत्कालिन अधिकृतद्वय रमेश स्वाँर र अजित थापाको नाममा किटानी जाहेरी दिएका छन् । रोकाय भन्छन्, ‘हामीलाई न्याय चाहियो । पहिला कारबाही अनि बल्ल परिपुरण । पैसा दिएर फकाएर मान्दैनौ ।’

बुच्चापुरका शाहीलाई टीआरसी विधेयक आएपनि अझै न्याय पाउनेमा विश्वास छैन । ‘आयोग बनाएर आफ्ना मान्छेलाई जागीर खुवाउने खेल हुन् सबै, शाही थप्छन्, तटस्थ अधिकारीहरु नियुक्ति गरेर निष्पक्ष छानबिन हुनु पर्छ । पैसासँग न्याय साटिदैन ।’?दच रश्र
बुवा जोगीलाल र भाई माधवको माओवादीले अपहरण गरेर हत्या गरिएको र आफूलेसमेत यातना पाएका रामकुमार यादवले हत्यारालाई आजीवन कारागार हुनुपर्ने बताए । ‘हामी अभियुक्तलाई क्षमा दिने पक्षमा छैनौ, उसलाई आजीवन काराबास हुनुपर्छ, यादवले भने । हत्यारा चिनेका यादव परिवार अहिले पनि हत्याराको नाम लिन डराउँछन् । केही वर्ष सजाय पाएर आएपछि फेरि अर्को सदस्यलाई केही गरिदिन्छन् कि भन्ने यादव परिवारलाई डर छ ।

द्वन्द्वपीडितको मुद्दामा लामो समयदेखि पैरवी गर्दै आएका अधिवक्ता बसन्त गौतमले सजायमा ७५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था गरिएकोमा पीडितको गम्भीर चासो रहेको बताए । ‘अपराधको मात्रा अनुसार सजायको व्यवस्था हुनुपर्ने हो, विधेयकमा त्यस्तो व्यवस्था गरिएन, अधिवक्ता गौतमले भने, यसो गर्दा पीडकले कम सजाय पाउने भए ।’ विधेयकमा पीडितको सहमतिमा क्षमादान दिन सकिने र सहमति नभए अदालत जान पाउने उल्लेख छ । परिपुरणलाई भने अधिकारको रुपमा परिभाषित गरेर राम्रो गरिएको छ । क्षतिपूर्ति, पुनस्र्थापना, प्रतिस्थापना, सन्तुष्टि, नदोहोरिने प्रतिबद्धताजस्ता कुरा राखिएको अधिवक्ता गौतमले बताए । सरकारले दुई वटा आयोग बनाएर छानबिन गर्दैछ । देशसञ्चारबाट साभार

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ११ : ५३ बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा