२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै



चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो ।

नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । उनले भने, “हिजो खुलेको ट्र्याक फराकिलो बनाउने काम सुरु गरिएको छ ।” माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी छन् । सर्वसाधारणका गाडी गुड्न अझै समय लाग्ने उनको भनाइ छ ।

अगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको उनले बताए । उनले भने, “अब डिजाइनअनुसार काम गर्ने वातावरण बनेको छ । निर्माणका लागि आवश्यक प्राविधिक सामग्री र जनशक्तिको अभाव छैन । अब सडक डिजाइनअनुसार निर्माण हुन्छ र काम गर्न सहज भएको छ ।” मिश्रका अनुसार अहिले खोलिएको ट्र्याक मुख्यतया निर्माणमा संलग्न कामदार र निर्माण सामग्री ओसारपसारका लागि प्रयोग भएको छ ।

नयाँ सडक खोल्ने काम निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले गरेको छ । कम्पनीका साइट प्रबन्धक इञ्जिनियर ईश्वर नेपालका अनुसार मुख्य सडबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक खोलिएको हो । उनले भने, “ट्र्याक खुलेपछि निर्माण सामग्री लैजान, इन्धन पु¥याउन र कामदार आवतजावत गर्न सहज भएको छ । अहिले यो ट्र्याक निर्माण प्रयोजनका लागि मात्रै प्रयोग भइरहेको हो । सर्वसाधारणका लागि नयाँ सडक खुलेको होइन ।”

उनका अनुसार अब स्लोप कटिङ, भित्ता काट्ने, ढुङ्गा थुपार्ने, ग्रेडिङ मिलाउनेलगायत धेरै काम अझै बाँकी छन् । आपत्कालीन अवस्थामा सर्वसाधारण पनि हिँडेर वारपार गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ । अब दुवैतर्फबाट डिजाइनअनुसार सडक निर्माणको काम अघि बढाइने उनले बताए ।

आजदेखि भारी उपकरणहरु थप गरिएको छ । दुई एक्साभेटर थप गरेर सात पु¥याइएको छ । एउटा जेसिबी, लोडर, दुई बुल्डोजर परिचालन गरिएको छ । आवश्यकताअनुसार उपकरण थप्दै लगिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १ : ३६ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको