२३ चैत्र २०८२, सोमबार | April 6, 2026

अल्फाबिटाले नेपालगन्जमा शाखा विस्तार गर्दै



काठमाडौं । शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले आफ्नो शाखा नेपालगन्जमा पनि विस्तार गर्ने भएको छ ।

आगामी आइतबार अल्फाबिटाले नेपालगन्ज उपमहानगरपालिकास्थित धम्बोजीमा नेपालगन्ज सेन्टर सञ्चालनमा ल्याउने भएको हो । काठमाडौं उपत्यकाबाहिर बिर्तामोड, पोखरा इटहरी, चितवन, विराटनगर, दमकमा आफ्नो सेवा दिइरहेको अल्फाबिटाले अब नेपालगन्जमा आफ्नो उपस्थिति देखाउने भएको हो ।

उदघाटनको अवसरमा नेपालगन्जमा ‘इन्टरनेसनल एड्मिसन डे’ को पनि आयोजना हुने अल्फाबिटाका संचालकहरुले जनाएका छन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने यो मेलामा विभिन्न देशका प्रतिष्ठित युनिभर्सिटीहरुका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेटेर त्यहाँको शिक्षा नीति, भर्ना, छात्रवृत्ति तथा शुल्क, भिसा डकुमेन्टेसनलगायत आवश्यक सम्पूर्ण विषयको बारेमा बुझ्ने मौका पाउनेछन् ।

विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा कार्यरत अल्फाबिटाले इथिकल परामर्श, विश्वस्तरको संरचना, गुणस्तरीय शिक्षक, विश्वविद्यालयसँग विश्वसनियता र सेवाको गुणस्तरलाई आफ्नो विशेषताको रुपमा स्थापित गरेको छ । यसले यूके–युरोप, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत देशमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : ४६ बजे

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा

लीला भण्डारी राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीला भण्डारी निर्विरोध निर्वाचित भएकी