२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण : सभामुख घिमिरे



ललितपुर । सभामुख देवराज घिमिरेले खेल खेल्नका लागि मात्रै नभएर राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्वपूर्ण भएको बताएका छन्।

झापा क्षेत्र नं १ सांसद सचिवालय काठमाडौँ तथा नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिको आयोजनामा भएको प्रथम ‘झापा–१ काठमाडौँ कप’ फुटसल प्रतियोगिताको आज उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले सांसद विश्वप्रकाश शर्माले गरेको यो कार्य अत्यन्तै महत्वपूर्ण र रचनात्मक काम भएको बताउँदै खेलकुद क्षेत्रलाई राज्यले अझै पनि उचित स्थान दिन नसकेको बताए

“पछिल्लो समय खेलको क्षेत्रमा नेपाल क्रमशः अगाडि बढ्दै आएको छ, केही समयदेखि क्रिकेटलगायत खेलमा नेपालले उल्लेख्य प्रगति गरेको छ, हरेक ठाउँबाट सक्रियता लिने हो भने खेलकुद क्षेत्रमा उत्कृष्ट स्थान हासिल गर्न सकिन्छ, खेलकुदमा हाम्रो भविष्य राम्रो छ”, सभामुख घिमिरेले भने । उनले विगतको तुलनामा खेलकुद क्षेत्र थप वर्तमान समयमा केही राम्रो काम भएको भन्दै यसलाई अझै प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले रचनात्मक कार्यक्रममार्फत झापाका सबैलाई जोड्ने प्रयास र कौशलाको प्रशंसा गरे । उनले सांसद शर्माले देशभर नै रचनात्मक काम गरेर जनताको मन जित्न गरेको प्रयास महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।

प्रतियोगिताको उद्घाटन समारोहमा सभामुख घिमिरेले विभिन्न पेसा व्यवसायी र राजनीतिक दलका प्रतिनिधिको समूहलाई खेल मैदानमा पुगेर फुटबल हस्तान्तरण गरी खेलको शुभारम्भ गरे ।

प्रतियोगितामा झापाका राजनीतिक दल, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति, कलाकार, महिला, कर्मचारीसहितका समूहगत खेलाडी सहभागी भएको नेपाली कांग्रेस क्षेत्र नं १ काठमाडौँ सम्पर्क समितिका अध्यक्ष प्रज्वल कोइरालाले जानकारी दिए। मैत्रीपूर्ण खेलका लागि वटा समूह र प्रतियोगितात्मक खेलका लागि सात समूह सहभागी रहेको उनले जानकारी गराए ।

प्रतियोगितात्मक खेलका लागि चन्द्रगढी, दुवागढी, ज्यामिरगढी, साविक मेचीनगर, धाइजन, बाहुनडाँगी र शान्तिनगर समूहबीच प्रतिस्पर्धा हुनेछ भने मैत्रीपूर्ण खेलका लागि राजनीतिक दल र कलाकार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा कर्मचारी र महिला टोलीबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा विजेताले प्रथम पुरस्कार रु २१ हजारसहित ट्रफी र मेडल तथा दोस्रो पुरस्कार रु ११ हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : १० बजे

निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

काठमाडौँ । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ