२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रतिनिधिसभा पुनर्स्थापनाबारे सभामुख घिमिरे आज दलहरूसँग छलफल गर्ने



काठमाडौं । सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएका छन् । प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे दलहरूको धारणा बुझ्ने उद्देश्यले सभामुखले बुधबार बिहान ९ बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बैठक बोलाएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

सभामुख घिमिरेले संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूको आधिकारिक मत जान्न चाहेका हुन् । उनले प्रत्येक दलका प्रतिनिधिहरूलाई पार्टीको औपचारिक धारणा सहित उपस्थित हुन निर्देशन दिएका छन् ।

दलहरूबाट धारणा लिएपछि सभामुखले पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिएसनका पदाधिकारीहरूसँग पनि विस्तृत परामर्श गर्ने तयारी गरेका छन् ।

संसद विघटनपछि उत्पन्न संवैधानिक र राजनीतिक अवस्थाबारे स्पष्ट दिशा तय गर्न सभामुखको यो पहल महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ३८ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,