८ माघ २०८२, बिहिबार | January 23, 2026

कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय समितिको आज बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए । उनी कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत हुन् । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ । समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौँ जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ ।

कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरप्रमुखमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ३५ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा