११ पुस २०८२, शुक्रबार | December 26, 2025

स्थानीय तह उपनिर्वाचन : नेसपाका दिलकुमार महर्जनले कीर्तिपुरको मेयरमा दिए उम्मेदवारी



काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयनको कार्यक्रम भैरहेको छ ।

काठमाडौँ कीर्तिपुरको मेयर पदमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलेको तर्फबाट पहिलो उम्मेदवारी परेको छ ।

नेसपाबाट दिलकुमार महर्जनले मेयरमा पहिलो नम्बरमा उम्मेदवारी दिएका हुन् ।

निर्वाचन आयोगले आजका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेले डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसले कृष्णमान डंगोल, माओवादी केन्द्रले प्राडा शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् ।

माओवादी केन्द्रका उम्मेदवारलाई एकीकृत समाजवादीले सघाएको छ ।
नेसपाकै महेन्द्र राय यादव समूहले भने उपचुनावमा माओवादी केन्द्रलाई सघाउने भएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : २९ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’