९ माघ २०८१, बुधबार | January 22, 2025

किर्तिपुरमा काँग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी



काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार कृष्णमान डंगोल ५ हजार ३ सय ३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गरे । लगातार दोस्रो भएर डंगाललाई पछ्याई रहेका नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर परिणम घोषणा हुँदा भने तेस्रो भए । सुरुदेखि दोस्रो स्थानमा रहेका मानन्धर अन्तिम मतगणनाका क्रममा तेस्रो भएका हुन् । उनले ४ हजार ३ सय ३७ मत प्राप्त गरेका छन् ।

राजनीतिक दलहरूले प्रतिष्ठाको विषय बनाएको किर्तीपुरमा अन्ततः कांग्रेसले आफ्नो जित जोगाएको छ । यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएका थिए ।

अन्तिम नतिजा आउँदा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : २९ बजे

तोलामा १९ सयले बढ्यो सुनको भाउ

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन