७ आश्विन २०८३, बुधबार | September 23, 2026

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गरेका छन् । उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन् ।

‘पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,’ उनले भनेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा ढुंगानाले पुर्‍याएको योगदानलाई मुलुकले सधैँ स्मरण गरिरहने राष्ट्रपतिको भनाइ छ । ‘दुःखको यस घडीमा प्रिय मित्र ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : २२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११