१८ चैत्र २०८२, बुधबार | April 2, 2026

ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध



काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

स्थानीय तह उपनिर्वाचन–२०८१ मा आज उम्मेदवारी दर्ता गराएका उनी निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्ने अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको हो ।

निर्वाचन आयोगले भने उनी निर्विरोध भएको औपचारिक रुपमा घोषणा गरिसकेको छैन ।  आइतबार स्थानीय तह उपनिर्वाचनका लागि ४४ स्थानमा मनोनयन दर्ता गराइएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ८ : ४३ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”