२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

बङ्गलादेशको विशेष न्यायाधिकरणले पदच्युत पूर्वप्रधानमन्त्री हसिनालाई पक्राउ गर्ने कदमबारे प्रहरीको प्रगति सुन्ने



ढाका । बङ्गलादेशको विशेष न्यायाधिकरणले सोमबार देशका सुरक्षा निकायहरूले पदच्युत पूर्वप्रधानमन्त्री शेख हसिना र उनका नजिकका सहयोगीहरूलाई पक्राउ गर्न के-के गरेका छन् भन्ने बारेमा अपडेट सुन्नेछ । यी व्यक्तिमाथि यस गृष्म ऋतुमा भएको जन विद्रोहमा सयौँ मानिसको मृत्युको आरोप लागेको छ ।

विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनका बीच अगस्ट ५ मा देश छोडेर हसिना भारतमा निर्वासनमा बसिरहेकी छिन ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले अक्टोबर १७ मा हसिना र पूर्व क्याबिनेट मन्त्रीहरू, सल्लाहकारहरू र सैन्य र नागरिक अधिकारीहरू सहित अन्य ४५ जनाका लागि पक्राउ पुर्जी जारी गरेको थियो । बङ्गलादेश अहिले नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले सञ्चालन गरिरहेको छ ।

न्यायाधिकरणका अभियोजक बि।एम। सुल्तान महमुदका अनुसार पूर्वकानून मन्त्री र हसिनाका निजी क्षेत्रका सल्लाहकार रहेका एक व्यवसायीसहित कम्तीमा १४ जना सोमबार न्यायाधिकरण समक्ष उपस्थित हुनेछन् । न्यायाधिकरणका अधिकारीहरूका अनुसार अन्य छ जना बुधबार उपस्थित हुनेछन् । यस मुद्दामा कम्तीमा २० जना शङ्कास्पद व्यक्ति पक्राउ परेका छन् ।

न्यायाधिकरणले हसिनासहित अन्य शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गर्ने क्रममा प्रहरीको प्रगतिबारे पनि अपडेट माग्नेछ ।

न्यायाधिकरणका मुख्य अभियोजकले हसिनालाई पक्राउ गर्न देशको प्रहरी प्रमुखमार्फत इन्टरपोलको सहयोग मागिसकेका छन् । आइतबार राष्ट्रलाई सम्बोधन गर्दै युनुसले उनको प्रशासनले भारतबाट हसिनाको सुपुर्दगी माग गर्ने बताए ।

अधिकारीहरूका अनुसार जुलाई र अगस्टमा भएको विद्रोहमा मुख्यतया सरकारी जागिरका लागि प्रारम्भिक विरोध प्रदर्शन रोक्न खोज्ने सुरक्षा एजेन्टहरूद्वारा सयौँ मानिस मारिएका थिए । हसिनाको १५ वर्षको शासनको अन्त्य गर्दै विरोध प्रदर्शन थप रक्तपातका साथ सरकार विरोधी आन्दोलनमा परिणत भएपछि हिंसा तीव्र भएको थियो । हसिनाले यसअघि पनि हत्याको अनुसन्धानको माग गरेकी इिन ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ११ : ३१ बजे

लुम्बिनी प्रदेशले बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहमा बालविवाह

ट्रम्प प्रशासन छाड्ने तयारीमा अमेरिकी विदेशमन्त्री रोबियो, राष्ट्रपतिको उम्मेदवार बन्ने आँकलन

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासन छाड्ने तयारी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच