१४ भदौ २०८३, आइतबार | August 30, 2026

बहत्तर चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान



काठमाडौं । चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका हुन ।

मन्त्री गुरुङले भने, “यो परिचयपत्रले चलचित्रमा जीवन समर्पित गर्नुभएका चलचित्रकर्मीलाई थोरै भए पनि सम्मान गरेको छ भन्ने लागेको छ । हामीले यस क्षेत्रमा देखिएको समस्यालाई विस्तारै कम गर्नेछौँ । सरकार र मन्त्रालय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सधैँ तत्पर छ ।”

कार्यक्रममा कलाकार गौरी मल्ल, पुष्पकुमार श्रेष्ठ, माओत्से गुरुङ, पुरणबहादुर जोशी, परशुराम चौधरी, तैयब शाह, रचना सिंह, राजकुमार शाह, दिव्यश्वर गौतम, राकेशकुमार खड्का, रामेश्वरजङ्ग केसी, पुकार भट्टराई, कृष्णप्रसाद ढुङ्गाना, मुकुन्द थापा, रमेश रञ्जन झा, रवि डङ्गोल, शङ्करप्रसाद आचार्य, केदारनाथ दवाडी, दिनेशकुमार विष्ट, आनन्द ढुङ्गाना, म्याक्चुङ गौतम ९हिउँवाला०, शालिकराम कार्की, सरोजकुमार खनाल, रामशरण जङ्गम लगायतलाई परिचयपत्र प्रदान गरिएको थियो ।

“चलचित्रकर्मी परिचयपत्रलाई थप व्यवस्थित बनाइ यसको प्रभावकारिता बढाएर प्रदान गरेका हौँ । यो राज्यले दिएको एउटा सम्मान र सुविधा पनि हो”, चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले भने । १३ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ गतेदेखि भएको थियो । त्यसपछि विसं २०७३ असार १६ गते २७ जना, विसं २०७९ असार १६ गते ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ५८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ