३० असार २०८३, मंगलबार | July 14, 2026

कर्णाली प्रदेशमा आमसञ्चार विधेयकबारे छलफल



कर्णाली । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ ।

मन्त्रालयले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको सहभागितामा ‘आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल तथा अन्तरक्रिया कार्यक्रम’ गरेको हो । छलफलका क्रममा पत्रकारहरुले आमसञ्चार सम्बन्धी कानुन निर्माण गर्दा मूलतः सूचना तथा प्रसारण, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समित, विज्ञापन बोर्डलगायतका संरचना अट्ने गरी ल्याउनुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै, ऐनअन्तर्गत सिङ्गो प्रेस तथा सञ्चार क्षेत्रको नियमन, अनुगमन, सुपरीवेक्षण तथा व्यवस्थापन हुने संरचना निर्माण गर्नुपर्ने, दुर्गम तथा साना लगानीका मिडियाको प्रवरद्धन, विधागत पत्रकारिताको विकास र पुरस्कार वितरण, सञ्चारगृह तथा सञ्चारकर्मीको उपकरणको जोखिम बीमा, पत्रकार स्वास्थ्य बीमा, आमसञ्चार तथा पत्रकारिता छात्रवृति, पत्रकार कल्याण कोष, लोक कल्याणकारी विज्ञापन, एआईसँग सम्बन्धित क्षमता अभिवृद्धि तालिमलगायत विषय विधेयकमा समेटिनुपर्ने पत्रकारहरुले सुझाव दिएका छन् ।

छलफलका क्रममा मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले सञ्चारकर्मीबाट प्राप्त सुझावलाई विधेयकमा समेटिने र चालु आर्थिक वर्षको बजेटबाट यहाँका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि एआई ९कृत्रिम बौद्धिकता०सँग आधारित मल्टिमिडियासम्बन्धी तालिम प्रदान गरिने बताए । छलफलमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सूर्यमणि गौतम, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटा, प्रदेशस्थित प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टरका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहिबार  ७ : ३० बजे

सरकारी विज्ञापनमा निजी मिडियामाथिको प्रतिबन्ध सर्वोच्चद्वारा बदर, सरकारको ‘एकद्वार नीति’ खारेज

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन

डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र संसदमा आए, २० मिनेटमै बाहिरिए

काठमाडौं। झण्डै डेढ महिनापछि प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा केहीबेरका

सञ्चारगृह अगाडि गाडी तेर्स्याएर त्रास फैलाउने प्रयास निन्दनीय : रास्वपा सचेतक परियार

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक प्रकाशचन्द्र परियारले

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख बरामद

नेपालगन्ज । बाँकेको जमुनाहनाकामा सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ

विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल माग

काठमाडौं । विद्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल