७ कार्तिक २०८३, शनिबार | October 24, 2026

६ दशमलव ७८ अङ्कले बढ्यो नेप्से, कारोबार रकम साढे छ अर्बभन्दा बढी



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७८ अङ्कले बढेर दुई हजार छ सय सात दशमलव ९९ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड ३६ लाख ७७ हजार नौ सय ८३ कित्ता शेयर ७४ हजार चार सय तीन पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५७ करोड चार लाख ७७ हजार आठ सय ८६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव २०, विकास बैंक शून्य दशमलव ६०, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ०२ र लघुवित्त समूह शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । होटल तथा पर्यटन शून्य दशमलव १२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ०४, उत्पादन तथा प्रशोधन एक दशमलव ६८, म्युचुअल फन्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३, व्यापार एक दशमलव ०६ र अन्य समूह दुई दशमलव १३ प्रतिशतले बढेको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै नौ दशमलव ०५ प्रतिशतको वृद्धि देखिएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रिभर फल्स पावर लिमिटेडको रु २४ करोड एक लाख ८८ हजार चार सय चार बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन पावर पार्टनर लिमिटेडको तीन लाख ७७ हजार छ सय ४६ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : १६ बजे

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर