८ माघ २०८२, बिहिबार | January 22, 2026

बाल सुधारगृहबाट धमाधम बालबिजाइँकर्ता फरार हुन थालेपछि समायानुकूल सुधार गर्न सुझाव



नेपालगन्ज । बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।

सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले कात्तिक २६ गते तीन बालबिजाइँकर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रजिअ रिजालले बाल सुधारगृहमा सादा पोसाकमा प्रहरी सुरक्षामा खटिने र हतियारसहित बस्न नपाउनेलगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताए ।

यसैबीच, बाल सुधारगृहबाट १२ बालबिजाइँकर्ता भागेकामा नौजना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीनजना अझै फेला परेका छैनन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : १६ बजे

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको प्रतिनिधिसभा

पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि देशका विभिन्न