१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बाल सुधारगृहबाट धमाधम बालबिजाइँकर्ता फरार हुन थालेपछि समायानुकूल सुधार गर्न सुझाव



नेपालगन्ज । बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ ।

सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले कात्तिक २६ गते तीन बालबिजाइँकर्ता भागेको घटनामा सुरक्षामा कमजोरी पाइएको भन्दै विभागीय कारबाहीको सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रजिअ रिजालले बाल सुधारगृहमा सादा पोसाकमा प्रहरी सुरक्षामा खटिने र हतियारसहित बस्न नपाउनेलगायत प्रावधानले सुरक्षाकर्मी अप्ठेरोमा परेको बताए ।

यसैबीच, बाल सुधारगृहबाट १२ बालबिजाइँकर्ता भागेकामा नौजना फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि भागेका पनि तीनजना अझै फेला परेका छैनन् ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : १६ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति