१८ चैत्र २०८२, बुधबार | April 1, 2026

चुरियामाईमा कन्टेनर पल्टियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध



हेटौंडा । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

मोबिल बोकेको कन्टेनर पल्टिएर बाटो परै छेकिएको छ । साइकल समेत छिर्न नसक्नेगरि कन्टेनरले बाटो छेकिएपछि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको कन्टेनर सडकमा पल्टेको हो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि नरहेको डीएसपी अर्यालले बताए । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

१९७४ मा निर्मित चुरियामाई सुरुङको वैकल्पिक सडकको रुपमा चुरेको डाँडो काटेर यो सडक निर्माण गरिएको थियो । सडकको दायाँवायाँ चुरे पर्वतले ढाकेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : ३१ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध