३ माघ २०८१, बिहिबार | January 16, 2025

चुरियामाईमा कन्टेनर पल्टियो, पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध



हेटौंडा । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

मोबिल बोकेको कन्टेनर पल्टिएर बाटो परै छेकिएको छ । साइकल समेत छिर्न नसक्नेगरि कन्टेनरले बाटो छेकिएपछि दर्जनौंको संख्यामा साना–ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको कन्टेनर सडकमा पल्टेको हो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौंडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ–जाउ गर्ने अवस्था पनि नरहेको डीएसपी अर्यालले बताए । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

१९७४ मा निर्मित चुरियामाई सुरुङको वैकल्पिक सडकको रुपमा चुरेको डाँडो काटेर यो सडक निर्माण गरिएको थियो । सडकको दायाँवायाँ चुरे पर्वतले ढाकेको छ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार  १२ : ३१ बजे

हुम्लामा बाक्लो हिमपात

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्दार, ७८ शव निकालियो

जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान

प्रधानमन्त्री ओली पोखरामा

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

चितवन । भरतपुर महानगरपालिका-१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट