३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान हुने



बुटवल । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० र ११ मा पर्ने कालिकानगरस्थित कालिका चोकमा बिहीबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पहिलो चरणमा बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको र दोस्रो चरणमा हस्पिटललाइन बसपार्क, चौराहा लगायतको क्षेत्रमा जडान गरिने बताए ।

बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमाक्स लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

बुटवलको कालिका चोकमा विगतमा धेरै दुर्घटनाहरु भएको भन्दै उनले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे ।

उपमहानगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रुपैयाँ लागतमा कालिका चोक, मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ४८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका