२ चैत्र २०८२, सोमबार | March 16, 2026

बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान हुने



बुटवल । बुटवलका मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गर्ने कार्य सुरु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १० र ११ मा पर्ने कालिकानगरस्थित कालिका चोकमा बिहीबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले ट्राफिक लाइट जडान कार्यको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले पहिलो चरणमा बुटवलका बढी भिडभाड हुने कालिकानगर स्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गर्न लागिएको र दोस्रो चरणमा हस्पिटललाइन बसपार्क, चौराहा लगायतको क्षेत्रमा जडान गरिने बताए ।

बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवलका मुख्य मुख्य चोकमा २३ वटा हाईमाक्स लाइट तथा सिसिटिभि जडान गर्ने काम भइरहेको जानकारी गराए ।

कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए ।

बुटवलको कालिका चोकमा विगतमा धेरै दुर्घटनाहरु भएको भन्दै उनले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे ।

उपमहानगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रुपैयाँ लागतमा कालिका चोक, मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका पुर्वाधार महाशाखा प्रमुख गौतम रौनियारले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ४८ बजे

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र