१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

मिलन कला केन्द्रद्वारा प्रदेश स्तरीय ‘नो भोट-नो एसएमस’ एकल नृत्य प्रतियोगिता गर्दै



बुटवल । फरक फरक किसिमका धेरै नृत्य प्रतियोगिताहरु गर्दै आएको मिलन कला केन्द्रले लुम्बिनी प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। केन्द्रले नो भोट नो एसएमएस एकल नृत्य प्रतियोगितामा आयोजना गर्ने भएको हो ।

भोट र एसएमएसका कारण कैयौ लुकेर बसेका प्रतिभाहरुको प्रतिभा बाहिर आउन नसकिरहेका बेला नो भोट नो एसएमसबाटै प्रतिभाको खोजि गर्न एकल नृत्य प्रतियोगिता गर्न थालिएको आयोजकले जनाएको छ । हरेक प्रकारको अभावले खुम्चिेर वा आफैमा लुकेर बसेका प्रतिभाका धनीलाई सुनौलो अवसरकारुपमा प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरिएको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले बताइन् । उनले एकल नृत्य प्रतियोगितामा कला र नृत्यका प्रतिभाको न्यायपूर्ण मुल्यांकन गर्ने र नाफामूलक नभइ शुद्ध प्रतिभाको कदर र मुल्यांकन गरिने जनाइन् ।

उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि अनलाइनमार्फत पनि अडिसन दिन सकिने र बिजेताहरुले आकर्षक पुरस्कार जित्न सक्ने छन् । एकल नृत्य प्रतियोगिताका लागि यही मंसिर ८ गते रुपन्देहीको सैनामैनामा अडिसन सम्पन्न भइसकेको छ भने १२ वटै जिल्लाबाट छनौट गरेर मंसिर २२ गते बुटवलको इलिट इङ्लिस बोर्डिङ स्कुलमा आयोजना गरिने छ । प्रतियोगिताका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ५ सय बढी नव प्रतिभा कलाकारहरुको सहभागिता रहने अध्यक्ष मिना बुढाथोकीले जानकारी दिइन् ।

कार्यक्रम संयोजक दावा शेर्पाका अनुसार प्रतियोगिताका लागि पहिलो पुरस्कार ५१ हजार १ सय ११, ट्रफी, दोश्रो पुरस्कार २१ हजार १ सय ११ ट्रफी र तेस्रो पुरस्कार १५ हजार १ सय ११ रुपैयाँ ट्रफी राखिरिएको छ ।

नृत्य निर्देशक सघं रुपन्देहीका अध्यक्ष सुन्दर गुरुङले प्रतियोगिताले आफुसँग भएको प्रतिभा मरेर नजाने तथा प्रतिभा भएकाहरुका लागि धेरै राम्रो कार्यक्रम ल्याएको भन्दै सबैलाई सहभागिता जनाउन आग्रह गरे ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : १६ बजे

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले