१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति



काठमाडौं । शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार दुई सय ९४ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस यामको आरोहणमा विभिन्न ४६ हिमाल आरोहण गर्न एक सय ५९ आरोही समूहका दुई सय ९४ महिला र एक हजार ७२ पुरुष गरी एक हजार दुई सयभन्दा बढीले अनुमति पाएका हुन् ।

यस यामको आरोहण अनुमति आजदेखि सकिएको विभागका निर्देशक राकेश गुरुङले बताए । उनका अनुसार यो पटक आमादब्लम हिमाल आरोहणका लागि सर्वाधिक ४१ आरोही समूहका चार सय एकासीले अनुमति लिएका छन् ।

यस्तै मनास्लु हिमाल आरोहणमा २८ आरोही समूहका तीन सय आठ, हिम्लुल आरोहणका लागि १२ आरोही समूहका एक सय ४४ तथा धौलागिरीमा एक आरोही समूहका १४ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जनाएको छ ।

नेपालसहित ७३ देशबाट हिमाल आरोहणका लागि आरोहीले अनुमति लिएका हुन् । हिमाल आरोहणवापत रु आठ करोड ५८ लाख ८३ हजार चार सय ४६ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । मनास्लु र हिम्लुङको आरोहण सकिएको छ । अमादब्लमलगायत हिमालको आरोहण धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ०४ बजे

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

नेपालगन्ज । सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

टस जितेर विराटनगरले रोज्यो बलिङ, चितवनले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा