२५ भदौ २०८३, बिहिबार | September 11, 2026

बुटवलको औद्योगिक व्यापार मेलामा व्यूटि एक्स्पो हुने



बुटवल । बुटवलमा हुँदै गरेको औद्योगिक व्यापार मेलामा काठमाडौं उपत्यका बाहिर पहिलो पटक ‘व्यूटि एक्स्पो’ सञ्चालनको तयारी गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघले यहि पुसको ३ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बुटवल मण्डपमा सञ्चालन गर्न गईरहेको औद्योगिक व्यापार मेलामा व्यूटि एक्स्पो गर्न लागिएको एक्स्पोकी संयोजक तथा संघकी कार्यसमिति सदस्य रेनु श्रेष्ठले जानकारी गराइन ।

औद्योगिक व्यापार मेला भित्र सञ्चालन गरिने व्यूटि एक्स्पो छुट्टै पेभिलियनमा हुनेछ । एक्स्पोमा महिला तथा पुरुष दुबैलाई व्यूटिसंग सम्बन्धित विषयमा सेवासंगै कम्पनीका उत्पादनहरु विक्रि वितरण गरिनेछ ।

एक्स्पोमा स्किन केयर, हेयर केयर र सौन्दर्यसंग सम्बन्धित विषयमा सेवासंगै विषयविज्ञले परामर्श समेत प्रदान गरिने उनले जानकारी गराए । व्यूटि एक्स्पोमा सरदर २० वटा स्टल समावेश गरिने छ भने छाला, कपाल तथा नङ श्रीङ्गार तथा सजावटमा प्रयोग गरिने राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनीका प्रोडक्टहरु विक्रिका लागि राखिनेछ ।

एक्स्पोमा यस क्षेत्रमा २५ वर्षभन्दा लामो समय सेवा गरेका व्यूटिसियनलाई सम्मान गरिने छ । त्यस्तै सौन्दर्य र स्वास्थ्यका विषयमा कम्पनीका प्रतिनीधि, डर्माटोलोजिष्ट र व्यूटिसियन सम्मिलित अन्तरक्रिया कार्यक्रम गरिने छ । एक्स्पोमा सहभागि स्टलहरुका विचमा मेकअप प्रतियोगिता गराईनेछ । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने स्टललाई नगद पुरस्कार सहित सम्मान गरिने व्यूटि एक्स्पोकी संयोजक श्रेष्ठले जानकारी गराइन ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ४ : ५१ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ