७ आश्विन २०८३, बुधबार | September 23, 2026

लेखा परीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन



काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरोकारवालाहरुलाई निर्देशन दिए ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/०७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्ने कुरा भएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ३ : ५२ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज