२६ असार २०८३, शुक्रबार | July 11, 2026

बुटवलमा भोलिदेखी प्रथम मगर साहित्य महोत्सव हुँदै



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा हुने भोली (शुक्रबार)देखि प्रथम मगर साहित्य महोत्सव आयोजना हुँदै छ । २ दिनसम्म सञ्चालन हुने महोत्सवका लागि उपसभामुख इन्दिरा रानासहित विभिन्न व्यक्तित्वहरु विहिबारनै बुटवल आएका छन् ।

महोत्वसमा मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी पुस्तक प्रदर्शनी, मगर भाषामा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी तथा विक्री, साँस्कृतिक झाकीहरु, पुस्तक विमर्श, डकुमेन्त्री प्रदर्शन तथा छलफल तथा विभिन्न प्यानल डिस्कशन गरिने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए ।

यसैगरी गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने उनले जानकारी दिए । बुटवलको जितगढी किल्लामा आयोजना गरिने महोत्सवमा उपसभामुख इन्दिरा रानाको उपस्थितीमा ‘उत्थान अभियानदेखि उपसभामुखसम्म’ विषयक प्यानल डिस्कशन हुने प्रचार समिति संयोजक यम रानाले जानकारी दिए । यसैगरी पूर्वसभामुख ओनसरी घर्ती मगरको उपस्थितीमा ‘मगर महिलाः राजनैतिक र सामाजिक नेतृत्वको सवाल र सम्भावना’ विषयक प्यानल डिस्कशन हुने उनले जानकारी दिए । चर्चित नायिक मिरुना मगरको उपस्थितीमा ‘मगर युवा : कलाले देश चिन्दै र चिनाउँदै’ शिर्षकमा छलफल हुने छ ।
अन्य प्यानल डिस्कशनतर्फ ‘भाषा पहिचान : मगर जाति र मातृ भाषाको प्रश्न’ विषयमा छलफल हुने छ । यसैगरी ‘नेतृत्व र जवाफदेहिता : मगर हिजो, आज र भोलिको प्रश्न’, ‘२१ औं शताब्दीः मगर समुदायको पुनःदयको युग’, ‘साहित्य धर्म तथा संस्कृति हराए के हुन्छ ? स्वबोध र दिशाबोध’ लगायतका विषयमा प्यानल डिस्कशन हुने प्रचार समितिका संयोजक रानाले जानकारी दिए ।

यसैगरी महोत्सवमा समाजशास्त्री तथा अध्ययता सुरेश ढकालको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक यम रानाले जानकारी दिए ।

महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद राशीले सम्मान गरिने छ । यसैगरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने थापाले जानकारी दिइन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : २० बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा