१४ भदौ २०८३, आइतबार | August 30, 2026

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा गुनासो सुनुवाई एकाइ गठन गरेको छ ।

उक्त एकाइमा संयोजक बास्तोलासहित सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी, शाखा अधिकृत गौरीप्रसाद आचार्य र सूचना अधिकारी सदस्यको रुपमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालय र मातहत निकायहरुको काममा सेवाग्राही तथा सरोकारवालाको गुनासो सुनुवाई गर्न, सुझावहरुको कार्यान्वयन र जिज्ञासाको सम्बोधन गर्न उक्त एकाइ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यही मङ्सिर १६ गते गुनासो सुन्ने एकाइ गठन गर्ने निर्णय गरेका थिए । एकाइले सेवाग्राहीबाट प्राप्त गुनासो सङ्कलन गर्ने, गुनासो सम्बोधनका लागि सम्बन्धित महाशाखामा तुरुन्त पेश गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ५ : ३३ बजे

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा

कृष्णभीरमा पुरै सडक भासियो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा