काठमाडौं । स्थानीयतहको उपनिर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने भएको छ ।
आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले आज एक विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने जनाएकी छिन् ।
यसअघि गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि भन्दै आयोगले मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेको थियो ।
निर्वाचन सम्पन्न भइ परिणाम समेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



















प्रतिक्रिया