७ आश्विन २०८३, बुधबार | September 23, 2026

बुटवल कालिका क्याम्पसबाट १ सय २ पोइन्ट रगत संकलन



बुटवल । बुटवल कालिका क्याम्पसको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गरिएको रत्तदान कार्यक्रममा १ सय २ पोइन्ट रगत संकलन भएको छ । रत्तसन्चार सेवा केन्द्र बुटवलको सहजीकरणमा भएको रत्तदान कार्यक्रम ऋषिराम डुम्रेको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, उपाध्यक्ष नित्यानन्द ज्ञवाली, क्याम्पस प्रमुख घनश्याम पाठक लगायतको आतिथ्यता रहेको कार्यक्रम संयोजक शंकर गौतमले जानकारी दिए ।

त्यस्तै क्याम्पसमा आज बृहत प्रदर्शनी भएको छ । प्रदर्शनीमा विद्यार्थीहरुले समाज परिवर्तन, सामुदायिक विकास, प्रविधि, बजार लगायतको प्रदर्शनी गरेका थिए ।

निशुल्क आखा शिविरबाट २ सय ५० जना लाभान्वित भएका छन ।नेपाल नेत्र ज्योती संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान, श्री रणअम्बिका आखा अस्पतालले सहजीकरण गरेको कार्यक्रम संयोजक इवराज तिवारीले जानकारी दिए । त्यस्तै १ सय ३ जनाले दन्त परिक्षण गराएका छन । दन्त परिक्षणमा सिटि हव डेन्ट्लले सहजीकरण गरेको थियो ।

त्यस्तै अन्तर क्याम्पस स्तरीय वादविवाद प्रतियोगितामा प्रथम न्यु लाइट कलेजका सुधा खराल द्वितीय बुटवल बहुमुखी क्याम्पसक्कि सलिना अर्याल र तृतीय सिद्धार्थ गौतमबुद्ध क्याम्पस मोनिका तामाङ भएको कार्यक्रम संयोजक शर्मिला पाण्डेले जानकारी दिइन । त्यस्तै बेलुन फुकाउने लगायत भलिबल, डोरी तान्ने, कबड्डी, टेवल्टेनिस, हाजिरीजवाफ लगायतका कार्यक्रमहरु सकिएको अतिरिक्त क्रियाकलाप संयोजक रेशमराज शर्माले जानकारी दिए । लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरिद्वारा उद्घाटन भएको ११ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको समापन लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री जन्मजय तिमिल्सिनाले गर्ने क्याम्पसले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : २२ बजे

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव

जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ : महासचिव गुटेरेस

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक