१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि ३३औँ शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा सुरु गरिएको हो ।

पच्चीस वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षसम्म रोकिएको थियो । एकचालिसौँ शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा उपाध्यक्ष डा लामाले भारतका ४१औँ शाक्य ठ्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा गर्न पाएकामा खुसी लागेको बताए । उनले लुम्बिनीलाई आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजा गर्ने गरिएको उल्लेख गर्दै शाक्य मोन्लम पूजाको निरन्तरताले ठूलो ऊर्जा थपेको बताए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषसहित लुम्बिनी सांस्कृतिक नगरपालिका, होटल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएकोसमेत बताए ।

पूजामा विभिन्न मुलुकका लामा, भिक्षुभिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीको उपस्थिति रहेको छ । बिहानैदेखि लुम्बिनीमा गरिने प्रणिधान र बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ । जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको छ ।

बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ । पूजामा लामा, भिक्षुभिक्षुणी, उपासक एवं उपासिकाको उपस्थिति छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ०० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले