२२ माघ २०८२, बिहिबार | February 5, 2026

लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा आजदेखि ३३औँ शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा आठ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा सुरु गरिएको हो ।

पच्चीस वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षसम्म रोकिएको थियो । एकचालिसौँ शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितिमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले १० दिने मोन्लम पूजाको शुभारम्भ गरेका हुन् । उक्त अवसरमा उपाध्यक्ष डा लामाले भारतका ४१औँ शाक्य ठ्रिछेनको उपस्थितिमा विश्वकै ठूलो शाक्य मोन्लम पूजा गर्न पाएकामा खुसी लागेको बताए । उनले लुम्बिनीलाई आध्यात्मिक वातावरण बनाउन विभिन्न पूजा गर्ने गरिएको उल्लेख गर्दै शाक्य मोन्लम पूजाको निरन्तरताले ठूलो ऊर्जा थपेको बताए । उपाध्यक्ष डा लामाले लुम्बिनी विकास कोषसहित लुम्बिनी सांस्कृतिक नगरपालिका, होटल व्यवसायी, स्थानीय तथा सम्पूर्ण बौद्ध सम्प्रदायले प्रत्येक वर्ष यो पूजाको निरन्तरता चाहेको सन्देश दिएकोसमेत बताए ।

पूजामा विभिन्न मुलुकका लामा, भिक्षुभिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीको उपस्थिति रहेको छ । बिहानैदेखि लुम्बिनीमा गरिने प्रणिधान र बुद्ध पाठले लुम्बिनी गुञ्जायमान बनेको छ । जगत्को कल्याणका लागि जीवन अर्पित गरेका बोधिसत्वहरूका प्रणहरूको सम्झना गरेर शान्तिको कामना गरिएको छ ।

बौद्ध परम्पराअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा बिहानैदेखि त्रिरत्न बन्दनाको पाठ र समन्त भद्र प्रणिधान स्तोत्र गर्ने गरिएको छ । पूजामा लामा, भिक्षुभिक्षुणी, उपासक एवं उपासिकाको उपस्थिति छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १० : ०० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता