१३ माघ २०८१, आइतबार | January 26, 2025

गहुँखेतीका लागि डीएपी मल अभाव



जनकपुरधाम । धनुषा र महोत्तरी जिल्लामा गहुँखेतीका लागि डीएपी मल अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड जनकपुरधामको कार्यालयमा मौज्दात डीएपी मल खपत भइसकेको छ ।

दुवै कार्यालयबाट पहिलो चरणमा प्राप्त डिएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए। पहिलो चरणमा धनुषामा सात सय ५४ मेट्रिकटन तथा महोत्तरीमा सात सय १६ मेट्रिकटन डिएपी मल बिक्री भइसकेको छ । कृषि ज्ञान केन्द्र र स्थानीय तहको सिफारिसमा उक्त मल सहकारी संस्थाहरु मार्फत किसानलाई बिक्री गरिसकेको निमित्त प्रमुख साहले बताए ।

हाल यी दुई जिल्लामा गहँुखेतीका लागि थप पाँच हजार मेट्रिकटन डिएपी मल आवश्यक रहेकोे जनाइएको छ । थप डीएपी मल माग गरिएपनि प्राप्त नभएको प्रमुख साहले बताए। अन्तर्राष्ट्रियस्तरमा डलरको मूल्य बढेकाले ठेकेदार कम्पनीले ढुवानी गर्न नसक्दा मल अभाव भएको उनको भनाई छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन जनकपुरमा पनि डिएपी मल मौज्दात नरहेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए । उनले भने, “हामीसँग युरिया मल मौज्दात छ, तर डिएपी छैन ।” ती दुवै जिल्लाका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनले ३० प्रतिशत मल बिक्री वितरण गर्दै आएको छ ।

धनुषामा ३३ हजार पाँचसय हेक्टर जमिनमा गहुँखेती हुँदै आएको छ । उक्त क्षेत्रफलमा भएको खेतीबाट एक लाख पाँच सय मेट्रिकटन गहुँ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनुषाका सूचना अधिकारी प्रदीप यादवले बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ४ : ५७ बजे

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा

‘पत्रकारको पेसागत सुरक्षामा ध्यान दिइने’

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारको पेसागत

रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

भैरहवा । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीको तेस्रो मुद्दामा

प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई ७६औँ गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औँ गणतन्त्र दिवसको

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५