३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पतीसहित ३ जनाको मृत्यु



बुटवल । बुटवलको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा भएको दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्य भएको हो ।

दमको रोगी गौरी खनाललाई बुटवल अस्पताल ल्याउने क्रममा पुल क्रस गरिसकेपछिको मोडमा जिप दुर्घटनामा परेको थियो ।

जिप अनियन्त्रित भै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

मृतकको शव पोष्टमार्टमा लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ९ : ५८ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका