५ पुस २०८२, शनिबार | December 20, 2025

पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानल विजयी



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे ९५ मतका साथ विजयी भएका छन् ।

पाण्डेका प्रतिष्पर्धी समाजवादी प्रेस संगठन, नेपालका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनको पक्षमा प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै, प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित भएका थिए। महिला उपाध्यक्षमा मीना पाण्डे (अस्मिना) १३४ मतका साथ विजयी भएकी थिइन् । उनका प्रतिष्पर्धी माया केसीले ६८ र उषा किरण पन्थले १७ मत प्राप्त गरे । त्यसैगरी, सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी भए भने कविराज अधिकारी (कपिल)ले ८५ मत प्राप्त गरे ।

सह-सचिवमा झविन्द्र देवकोटा १५४ मत प्राप्त गरी विजयी भए, भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसै गरी, सह-सचिव (समावेशी) मा सुमन रश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी भएकी थिइन् । राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत प्राप्त गरे । कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिपक्षी सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा महिला सदस्यतर्फ अनिता चौधरी (१४८), दलित सदस्य कृष्ण रणपाल (१४६), आदिवासी जनजाति सदस्य नरेश चौधरी (१४२), र मधेशी सदस्य हृदयराम गुप्ता (१३९) मत प्राप्त गरी विजयी भएका छन् ।

खुल्ला ८ जना सदस्यहरूमा दिनेश कुमार श्रेष्ठ, डि.बी. सुस्लिङ, कल्पना डुम्रे, भुवन जिसी, रबिन्द्र प्रताप गुप्ता, रामप्रसाद भण्डारी, ललित कुमार पाण्डेय, र सुमित्रा चापागाईं विजयी भएका छन् । सदस्य (अन्य अल्पसंख्यक) मा गोविन्द बहादुर घर्ती सर्वसम्मत निर्वाचित भएका थिए ।

राति अबेर सकिएको निर्वाचनको मतपरिणाम घोषणा गर्दै निर्वाचन समितिका संयोजक खिमानन्द भट्टराईले महासंघलाई साझा संस्थाको रूपमा अघि बढाउन शुभकामना दिएका थिए । अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गर्दै आएका थिए । उनी यस अगाडिको निर्वाचनमा रामराज पोख्रेलसँग अध्यक्षमा पराजित भएका थिए ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै पाण्डेले पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ३ : २४ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन