२ चैत्र २०८२, सोमबार | March 16, 2026

पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानल विजयी



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । महासंघ रुपन्देहीको अध्यक्षमा दिनेश पाण्डे ९५ मतका साथ विजयी भएका छन् ।

पाण्डेका प्रतिष्पर्धी समाजवादी प्रेस संगठन, नेपालका विनोद परियारले ७७ मत प्राप्त गरेका थिए । उनको पक्षमा प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै, प्रेस चौतारीबाट विद्रोह गरी बागी उम्मेदवारी दिएकी अमृता अनमोल पाण्डेले ५९ मत प्राप्त गरिन् ।

उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित भएका थिए। महिला उपाध्यक्षमा मीना पाण्डे (अस्मिना) १३४ मतका साथ विजयी भएकी थिइन् । उनका प्रतिष्पर्धी माया केसीले ६८ र उषा किरण पन्थले १७ मत प्राप्त गरे । त्यसैगरी, सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी भए भने कविराज अधिकारी (कपिल)ले ८५ मत प्राप्त गरे ।

सह-सचिवमा झविन्द्र देवकोटा १५४ मत प्राप्त गरी विजयी भए, भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गरे । त्यसै गरी, सह-सचिव (समावेशी) मा सुमन रश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी भएकी थिइन् । राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत प्राप्त गरे । कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिपक्षी सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गरे ।

त्यस्तै, कार्यसमिति सदस्यहरूमा महिला सदस्यतर्फ अनिता चौधरी (१४८), दलित सदस्य कृष्ण रणपाल (१४६), आदिवासी जनजाति सदस्य नरेश चौधरी (१४२), र मधेशी सदस्य हृदयराम गुप्ता (१३९) मत प्राप्त गरी विजयी भएका छन् ।

खुल्ला ८ जना सदस्यहरूमा दिनेश कुमार श्रेष्ठ, डि.बी. सुस्लिङ, कल्पना डुम्रे, भुवन जिसी, रबिन्द्र प्रताप गुप्ता, रामप्रसाद भण्डारी, ललित कुमार पाण्डेय, र सुमित्रा चापागाईं विजयी भएका छन् । सदस्य (अन्य अल्पसंख्यक) मा गोविन्द बहादुर घर्ती सर्वसम्मत निर्वाचित भएका थिए ।

राति अबेर सकिएको निर्वाचनको मतपरिणाम घोषणा गर्दै निर्वाचन समितिका संयोजक खिमानन्द भट्टराईले महासंघलाई साझा संस्थाको रूपमा अघि बढाउन शुभकामना दिएका थिए । अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पत्रकार महासंघ रुपन्देहीको उपाध्यक्ष भई जिम्मेवारी निर्वाह गर्दै आएका थिए । उनी यस अगाडिको निर्वाचनमा रामराज पोख्रेलसँग अध्यक्षमा पराजित भएका थिए ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै पाण्डेले पत्रकारहरूको हकहित र क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने बताए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ३ : २४ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि