७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता



काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् ।

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको निमन्त्रणामा छिमेकी मुलुकको भ्रमण सम्पन्न गरी फर्किएका प्रधानसेनापति सिग्देललाई बलाध्यक्ष रथी प्रदीपजङ्ग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

भारत भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, प्रतिरक्षा प्रमुख जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । महारथी सिग्देल भारतको देहरादुनस्थित इण्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा सहभागी भए । उक्त एकेडेमीमा तालिमरत नेपाली सेनाका अधिकृत क्याडेट प्रवीन पाण्डे ३५ जना विदेशी अधिकृत क्याडेटमध्येबाट सर्वोत्कृष्ट विदेशी शिक्षार्थीका रूपमा सम्मानित भएका थिए ।

भारतमा रहँदा महारथी सिग्देलले भारतीय सेनाको दक्षिण कमाण्ड फोर्स केन्द्रलगायत विभिन्न रणनीतिक सैनिक संरचनाहरूको पनि भ्रमण गरे ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमण र दुई देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको सम्बन्धलाई सुमधुर बनाउन महत्वपूर्ण योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ७ : ३१ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज