१४ भदौ २०८३, आइतबार | August 30, 2026

बुटवलमा गुरुङ समुदायको महान पर्व तमु ल्होसार पर्व भव्यरुपमा मनाइँदै



बुटवल । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देहीले गुरुङ्हरुको महान पर्व तमु ल्होसार विविध कार्यक्रमका साथ मनाउन सुरु गरेको छ ।

शनिबार जिल्ला परिषद कार्यलय प्राङ्गण रामनगरमा पत्रकार सम्मेलन गरी गुरुङहरुको महान पर्व तमु ल्होसारबारे जानकारी गराइएको हो । पुस १५ अर्थात यो वर्प गिद्ध वर्गलाई बिदा गरी सर्प वर्गलाई स्वागत गर्दै यस वर्षको तमु ल्होसार मनाइदै छ ।

ल्होसारका अवसरमा पुस ११ गते बिहान ८ बजे सबै नगर तथा इकाईमा सरसफाई कार्यक्रम गरिने छ भने सहसचिव तेजप्रसाद गुरुङलाई दिइएको छ ।

त्यसैगरी पुस १३ गते साँझ ५ बजे जिल्लाभरि दिपावली कार्यक्रम गरिने र जसको जिम्मेवारी जिल्ला उपाध्यक्ष गंगा गुरुङलाई दिइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

त्यस्तै पुृस १४ गते ट्राफिकचोकबाट बृहत झाँकीसहित शान्ति ¥याली निकालिने छ । उक्त र्याली जिल्ला समितिको कार्यालय प्रांगणमा पुगेर समापन हुने छ । सांस्कृतिक इकाई स्तरको २५ वर्षमुनिको नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ । यसका लागि सचिव आशा गुरुङ, कोषाध्यक्ष मनप्रसाद गुरुङ, सहकोषाध्यक्ष मनिराज गुरुङ, सदस्यहरु दिलमाया गुरुङ, शेरजंग गुरुङ, ज्ञानबहादुर गुरुङलगायतलाई जिम्मेवारी दिइएको छ ।

पुस १५ गते राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहनुका साथै तमु युवा छोंज धी जिल्ला समितिद्वारा विभिन्न मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।

पत्रकार सम्मेलनमा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सल्लाहकार तथा मातृभाषा अभियान्ता भिम गुरुङले महान पर्व ल्होसारलाई भव्यतापुर्वक मनाइने बताउँदै यसका लागि सबै समितिहरु क्रियाशिल रहेको बताए ।

त्यस्तै जिल्ला अध्यक्ष बिमला गुरुङ र सचिव आशा गुरुङले ल्होसारका कार्यक्रमलाई सफल बनाउन सञ्चार क्षेत्रबाट पनि महत्वपूर्ण सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ९ : ०३ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज