१६ बैशाख २०८३, बुधबार | April 29, 2026

‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’



काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै सचेत बन्न आग्रह गरेका छन् ।

नयाँ अनलाइनका सम्पादक÷प्रकाशकका लागि आचारसहिंता अभिमुखीकरण कार्यक्रमको ५३औँ शृङ्खलाअन्तर्गत आज काउन्सिलमा भएको कार्यक्रममा उनले आधारहीन आरोप र पक्षधरताले सञ्चारमाध्यमकै बद्नाम हुने भएकाले तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।

पत्रकारितामा आलोचनात्मक चेत आवश्यक भए त्यसको नाममा आलोचना मात्रै गर्नु र सन्तुललन गुमाउनु मर्यादित पत्रकारिताविपरित भएको अध्यक्ष बस्नेतको भनाइ थियो । “पत्रकार स्वयम् सजग, सचेत र चनाखो नहुँदा यसको मार मिडिया जगतले खेपिरहनुपरेको छ । त्यसैले अहिले आधारहीन आरोप नभई आलोचनात्मक पत्रकारिताको खाँचो छ”, उनले भने ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले आचारसंहिता आफैँलाई अनुशासनमा बाँध्ने सूत्र भएकाले पत्रकारहरूले यसको सधैँ पालना गर्नुपर्ने बताए । प्रेस काउन्सिलको मूल काम नै आचासंहिता निर्माण र लागू गराउने भएकाले पछिल्लो समय नयाँ सूचीकरण हुने अनलाइनलाई अभिमुखीकरण गर्ने काम सराहनीय र प्रभावकारी रहेको बताए ।

विषयविज्ञ फूलमान बलले पत्रकार भन्नासाथ बौद्धिक वर्ग भनेर चिन्ने गरिएकाले यसमा प्रश्न उठाउने काम पत्रकार आफैले गर्न नहुने बताए । नेपाल टेलिभिजनका निवर्तमान महाप्रबन्धक उनले राज्यले पत्रकारको योग्यतासम्बन्धी स्पष्ट मापदण्ड बनाउन पनि आवश्यक रहेको धारणा राखे ।

अग्रज पत्रकार अरुण बरालले पत्रकारितामा आर्थिक सङ्कटसँगै सामग्री (कन्टेन्ट)को सङ्कट देखिएको उल्लेख गरे । काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँले पत्रकार आचारसहिंताअन्तर्गत काउन्सिलले जारी गरेका चार वटा निर्देशिका कार्यान्वयन गरेमा समाचार विवादरहित हुने बताए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ६ : ५४ बजे

‘माननीय’ नलेख्न आफ्ना सांसदहरुलाई रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्ना सांसदहरूलाई लेटरहेड, भिजिटिङ

चौबीस घण्टामा दुई हजार ७२२ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा दुई हजार

वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा

वीरगञ्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो

काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा फेरि

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने