२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण



बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल पाईने स्टलमा दर्शकको आकर्षण देखिएको छ । रुकुम पुर्वको भुमे गाउँपालिका वडा नं. ३ मा रहेको मारिम बहुउद्देश्यीय सहकारी संस्था लि।ले बहुउपयोगी औषधीय गुण रहेको भाँगोको तेल उत्पादन गर्दै आएको छ ।

उक्त सहकारीले किसानद्वारा उत्पादित कृषि उपज तथा प्रशोधित बस्तुहरुको विक्रिवितरणको लागि बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा स्टल राखिएको छ । मेलामा रहेको २४४ नं. स्टलमा उक्त सहकारीले किसानसंग उत्पादन गरेका कृषि उपज सहित प्रशोधित सामाग्रिहरुको विक्रि वितरण गर्दै आईएको सहकारीका कर्मचारी हरिप्रसाद रोकाले बताए ।

जसमा उक्त सहकारीले औषधीय गुण रहेको बहुउपयोगी भाँगोको तेल, राडिपाखी, अल्लोको कपडा लगायतका सामानहरु विक्रि वितरण भईरहेको उनले बताए । सहकारीलाई प्रदेश सरकार र पालिकाले तेल निकाल्ने मिल तथा अल्लोको कपडा बनाउने मेसिन खरिदमा अनुदान प्रदान गरेको थियो ।

त्यस्तै भुमे गाउँपालिकाका ९ वटै वडा तथा आसपासका क्षेत्रमा किसानले उत्पादन गरेका कृषि उपजको सहकारीले संकलन, प्रशोधन तथा विक्रिवितरण र बजारीकरणको काम गर्दै आएको छ । युरिक एसिड, वाथ रोग, टाईफाईड तथा चिसोबाट बचाउन भाँगोको तेल उपयोगी हुने सहकारीका कर्मचारी रोकाले बताए ।

त्यस्तै मेलामा पाल्पाको भैरव च्याउ उद्योगको उत्पादनमा पनि अवलोकनकर्ताको भिड लागेको छ । विभिन्न प्रजातीका च्याउका प्रशोधित सामाग्रि विक्रि वितरण गर्दै आएको भैरव च्याउ उद्योगले मेलामा रातो च्याउको चिया, जुस, हलुवा, केक लगायतका उत्पादित बस्तु विक्रि वितरण गर्दै आएको छ । मेलामा रहेको २४८ नं. स्टलमा उक्त उद्योगका परिकारको निःशुल्क स्वाद परिक्षण गराउँदै समेत आएको उद्योगका सञ्चालक केशब कार्कीले बताए ।

मेलामा पहिलो पटक ल्याईएको दुबई फिस एक्युरियम तथा फिस टनेलमा दर्शकको भिड लागेको छ । दुबईको समुद्रमा हुने फिस टनेल बुटवलमा मात्रै नभएर नेपालमै नौलो हो । यो बुटवलमा पहिलो पटक ल्याईएको प्रचार प्रसाद समितिका संयोजक दीपक चापागाईले जानकारी दिए । मेलामा पहिलोपटक ल्याइएको दुबईको समुन्द्रमा मात्रै हेर्न पाइने फिस टनेलको अवलोकन गर्ने र फोटो भिडियो छायाङ्कन गर्नेको घुइचो नै लागेको छ ।
मेलामा सोमबार पनि दर्शकको उल्लेख्य सहभागिता रहेको मेला कार्यसम्पादन समितिका सदस्य सचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

सोमबार लोक तथा दोहोरी गायक बमबहादुर कार्की, बद्री पंगेनी, आशा विसी, तेजु अर्याल, दुर्गा नेपाल, विष्णु सिंजाली मगर, डान्सर ललिता पाईजा मगरको प्रस्तुती रहेको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले जानकारी दिए ।

त्यस्तै भोली मंगलबार लोक तथा दोहोरी गायक दीपक खड्का, रीतु कंडेल, बसन्त लम्साल, मन्जु भट्टराई, समिक्षा बिसी, आधुनिक गायक अर्जुन कौशल, आभाष काफ्लेलगायतका कलाकारहरुको प्रस्तुती रहने पनि उनले बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४२ बजे

रुपन्देहीका निजी स्वास्थ्य संस्था मापदण्डविपरीत सञ्चालन, नियमनमा कमजोरी

सिद्धार्थनगर । निजीक्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको सुरक्षा व्यवस्था चुस्त राख्न

राजनीतिक क्षेत्रमा नयाँ पुस्ताको प्रवेशलाई सकारात्मक मान्नुपर्छ : अध्यक्ष ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस