१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई



काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कप फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । डब्ल्युएनओ नेपाल च्याप्टरले आज भएको फाइनलमा राष्ट्रिय समाचार समिति (रासस) लाई सडन डेथ ४–३ गोलले हरायो ।

निर्धारित समयको खेल १–१ ले बराबरीमा सकिएपछि च्याम्पियनको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । यसअघि सेमिफाइनलमा डब्ल्युएनओ नेपाल च्याप्टरले ललितपुर वडा १६ कलाकार समितिलाई १–० र राससले टिम एभिएमलाई पेनाल्टी सुटआटमा ३–२ ले पराजित गरेका थिए ।

रासस र एभिएमबीचको निर्धारित समयको खेल गोलरहित बनेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा कलाकार समितिले टिम एभिएमलाई ४–२ ले हरायो । दुई समूहबाट शीर्ष दुई–दुई टिम सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगितामा नौ टिमको सहभागिता रहेको थियो । नेवाः पत्रकार राष्ट्रिय दबु ए, नेपाल पत्रकार राष्ट्रिय दबु बी, राष्ट्रिय फोटो पत्रकार समूह, नेवाः कलाकार टिम र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) समूह चरणबाटै बाहिरिएको थियो ।

सो प्रतियोगितामा विजेता टिमका सुमन महर्जन उत्कृष्ट गोलरक्षक, फोनिजका किरण राई सर्वाधिक गोलकर्ता र टिम एभिएमका पुरुषोत्तम बज्राचार्य सर्वश्रेष्ठ खेलाडी चुनिए । यसैगरी प्रतियोगिताअन्तर्गत नेवाःमहिला पत्रकार टिम र नेवाः महिला कलाकारबिच मैत्री खेल पनि खेलिएको थियो ।

ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरतन शाक्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ फोनिजका अध्यक्ष गजुर्धन रार्ई, राससका नायब महाप्रबन्धक राजु शाक्य तथा एभिएमकी प्रिन्सिपल सुजिता मानन्धरले विजेता टिम तथा उपविजेता खेलाडीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नेवाः पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०९औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गरेको हो । श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गते हुनेछ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रेष्ठले सत्यनारायणलाई नेपाल पत्रकार महासङ्घको संस्थापकको पहिचान दिनुपर्ने अभियानअन्तर्गत फुटसल प्रतियोगिता पनि आयोजना गरिएको बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ९ : ०४ बजे

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary

एउटै पार्टीलाई बहुमत दिएर इतिहास रच्ने समय आयो : रवि लामिछाने

तम्घास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान

एन आई सी एशिया बैंकले सार्वजनिक गर्यो ‘एन आई सी एशिया साथी घर कर्जा’

काठमाडौ । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव

गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै

गुल्मी । गुल्मी क्षेत्र नं २ का उम्मेदवार तथा एमाले

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

काठमाडौं । निर्वाचन खर्चलाई पारदर्शी बनाउने व्यवस्थाबमोजिम राजनीतिक दल र