१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बुटवलको औद्योगिक व्यापार मेलामा शुक्रबार दिपक बज्रचार्य र रिदम व्याण्डको विषेश प्रस्तुती हुने



बुटवल । साढे दुई दशकअघिदेखि पपगायन र संगीत मार्फत उदाएका चर्चित गायक दिपक बज्रचार्य आफ्नो सांगीतिक समूह रिदम ब्याण्डसहित शुक्रबार बुटवल आउने भएका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा जारी २४ औं औद्योगिक व्यापार मेला बुटवल २०८१ मा शुक्रबार साँझ साँगेतिक प्रस्तुती दिनेगरी आफ्ना १३ जना व्याण्डका टोलीसहित आउन लागेको मेलाका साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजुले जानकारी दिए ।

आफ्नै साउण्ड इन्जिनीयर, संगीतकार तथा प्राविधिकहरुसहित बुटवलमा मेलामा ३ घण्टा लामो साँगेतिक प्रस्तुती दिने कार्यक्रम तय भएको कसजुले बताए । विगतभन्दा यस वर्ष प्रदर्शनी मेलामा साँस्कृतिक कार्यक्रमलाई फरक र विशेष बनाउने प्रयास स्वरुप चर्चित दिपक बज्रचार्यलाई बुटवल ल्याउन लागिएको उनले जानकारी दिए ।

पछिल्लो गीत मनमगनबाट धेरै नै चर्चा कमाएका बज्राचार्यले आफ्ना नयाँ पुराना गीतहरु गाउनेछन् । काली काली हिस्सी परेकी…, ओ अमिरा…, समय.., कत्ति बस्छौ माईतीघरमा.., अँध्यारोमा.., मायाको डोरीले.., जाऊ फर्केर जाऊ.., म कुनै ऋतु हैन.., तिमीलाई भुलेको छैन.., नदुखेको मन जानी जानी…, झुमी झुमी…, सानी हुँदै मनमगनजस्ता थुप्रै हिट गीतहरुबाट बुटवलको दर्शक नचाउनेगरी बज्रचार्यको रिदम ब्याण्ड बुटवल आउन लागेको साँस्कृतिक उप समितिका सहसंयोजक सुमन श्रेष्ठले जानकारी दिए ।

‘टिनएज, युथ तथा वल्ड जेनेरेशनलाई समेत दिपक बज्रचार्यको संगीतले नचाउने छ । यही अपेक्षाले उनलाई बुटवलमा आमन्त्रण गरेका हौं ।’-सहसंयोजक श्रेष्ठले भने, ‘देश तथा विदेशमा समेत साँगेतिक प्रस्तुतीमा व्यस्त हुने उनको ब्याण्डलाई प्रदर्शनी मेलामा सस्तो टिकट दरमा हेर्न पाउनुनै यहाँका दर्शकका लागि सौभ्य हो भन्ने हामीले ठानेका छौं ।’ गत वर्षमात्रै उनले बजारमा ल्याएको ‘काँचो माया…’बोलको गीतले डेढ करोड बढी भ्यूज बटुलेको छ । विशेष गरी उनले नेवारी धिमे बाजासहित विभिन्न साँगेतिक कार्यक्रमहरुमा दिने गरेका प्रस्तुतीले दर्शकको मन लोभ्याउने गरेको छ । कुनै समय साँगेतिक क्षेत्रमा छुट्टै पहिचान र उचाई छुन सफल उनी अहिले पनि साँगेतिक क्षेत्रमा उत्तिकै व्यस्त र महङ्गा कलाकारहरुको लिस्टमा पर्ने गर्दछन् ।

शुक्रबार दिपक बज्रचार्यको प्रस्तुतीमा दर्शको भिड व्यवस्थापनका लागि सोही अनुसार सुरक्षा व्यवस्था तथा स्टेज व्यवस्थापनमा लागिएको समारोह व्यवस्थापन कार्यसम्पादन उपसमिति संयोजक तथा बुटवल उद्योग वाणिज्य संघका सचिव प्रतिक पोखररेलले बताए । उक्त दिन हुन सक्ने भीड र दर्शकबाट गुनासो नआउनेगरी टिकट वितरण तथा सहयोगी संस्थाहरुको परिचयपत्र वितरणलाई ध्यानमा दिइएको परिचयपत्र व्यवस्थापन उपसमितिका संयोजक उमेश अमात्यले बताए । ‘उन (दिपक बज्रचार्य)को छुट्टै ब्याण्ड प्रस्तुती हेनका लागि ५ सयदेखि २ हजारसम्म प्रवेश शुल्क तिर्न तयार हुने दर्शक श्रोताले मेलामा ७० रुपैयाँ टिकेट काटेर उनलाई हेर्न पाउनेभएपछि मेलामा दर्शको चाप उच्च हुने हामीले अनुमान गरेका छौं ।’ मेलामा मञ्च तथा स्वागतद्वार व्यवस्थापन उपसमितिका संयोजक कृष्ण पाण्डेले भने, ‘बुटवल तथा यस आसपासका दर्शकका लागि यो ठूलो अवसर पनि हो ।’

अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन चर्चित राष्ट्रिय कलाकारहरुकासाथमा स्थानीय कालाकारहरुको समेत साँगेतिक प्रस्तुती हुँदै आएको छ । यसका साथै खुल्ला लोक दोहोरी गीत प्रतियोगिता, लोक भजन चुट्का प्रतियोगिता, बुटवल डान्स च्यम्प, भ्वाइस अफ बुटवल लगायतका प्रतियोगिताहरु आयोजना गरिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  १ : ५० बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज